Logo

हाँस्यकलाकार मनोज गजुरेल र मिनाले गरे डिभोर्स



काठमाडौं, ५ माघ। हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् ।

सम्बन्ध विच्छेद बारे दुवै मौन रहे पनि विचारमा असहमति भएको भन्ने बुझीएको छ । स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा सम्बन्ध बिच्छेद भएपछी मनोज छोरासँग बालकोट स्थीत घरमा बस्दै आएका छन् भने मिना छोरी सँग नयाँ बानेश्वरमा बस्न थालेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot