Logo

गायिका सुभद्रा भट्टराईले गाईन ‘हासु कसरि’–भिडियो सहित



काठमाडौं, ११ माघ । सुमधुर आवाजकी धनि नब गायिका सुभद्रा भट्टराई पुरानो तथा चर्चित गित “धेरै चोटि आखा जुध्यो” “हासु कसरि” लाइ कभर गितमा ढालेर आफ्नो मिठो स्वर दिदै सांगीतिक क्षेत्रमा डेब्यु गरेकी छिन ।

सानै उमेर देखिको सांगीतिक मोहलाई अगाडी बढाउन पहिलो पल्ट नेपाली दर्शक श्रोता माझ नब गायिका सुभद्रा भट्टराईले चर्चित पुरानो गित ‘धेरै चोटि आखा जुध्यो’ तर तिमि हासेनौ, दुइ दिनको जिन्दगि के के हुने हो हासी राखन माया बोलि राखन” भन्दै अर्का नब गायक संजय मण्डलको साथमा आफ्नो गृह नगरी हेटौडा बाटनै म्युजिक भिडियो सहित यस गीतलाई सार्बजानिक गरेकी छिन ।

गित लेखनमा समेत कलम चलाउदै आएकी नब गायिका सुभद्रा भट्टराई ब्यबसायिक रुपमा सांगीतिक फाटमा लाग्न प्रयासरत गायिका हुन् । मोफसलमा बसेर पनि सांगीतिक फाटमा सक्रिय बन्दै गएकी मिठो स्वरकी धनि तथा सुन्दर रुप र शरीरको प्रतिमुर्ति नब गायिका सुभद्रा भट्टराईलाइ संगीत तथा कला प्रति एकदम मोह छ ।

https://www.youtube.com/watch?v=SrpJBjdvsP0

चलचित्र तथा अन्य म्युजिक भिडियोबाट समेत अभिनयको अफर आएको तर आफुले खेल्न नचाहेको बताउने नब गायिका सुभद्राको आवाज भने प्रसंसा योग्यनै छ । मन्द मुस्कानको साथमा हसिलो मुहार भएकी नब गायिका सुभद्राको अभिनय समेत तारिफ योग्यनै भएको जानकारहरु बताउछन ।

चर्चित गित “हासु कसरि”को कभर गीतमा आफ्नै स्वर तथा अभिनय समेत रहेको यस म्युजिक भिडियोमा अभिनयमा नब गायिका सुभद्रा भट्टराईको साथमा नब गायक संजय मण्डलको उत्कृष्ट अभिनय रहेको छ । हेटौडाको रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा गायिका भट्टराईको मिठो स्वरको साथमा मनोरन्जनात्मक अभिनय समेत हेर्न सकिने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot