Logo

कोमल वली राष्ट्रिय सभामा, करिश्मा र रेखा कता ?



काठमाडौं, १३ माघ । पछिल्लो समयमा राष्ट्रिय सभाको उम्मेदवारीले खुब चर्चा पाईरहेको छ । नेकपा एमालेले केही समय अघि मात्रै राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीलाई राष्ट्रिय सभा सदस्यको लागि छनोट गरेको विषय अहिले चर्चामा छ ।

चौतर्फि उनको क्षमता र पदलापको विषयलाई लिएर सामाजिक सञ्जाल रंगिएको छ । एमाले पार्टी भित्र लामो समय देखी योगदान दिँदै आएका कार्यकर्तालाई छोडेर नेतृत्वले कोमली वलीलाई नै राष्ट्रिय सभामा ल्याउदा त्यसको पार्टीभित्र र बाहिर समेत चर्को बिरोध भएको छ ।

कोमल वलीको नामसँग जोडेर उनी भन्दा देश र परिवर्तनलाई योग्दान पुर्याएको भन्दै जन गायक जीवन शर्मा, विष्णु खत्री, बर्दी पंगेनी लगातलाई एमालेले किन देखेन भन्न समेत थालिएको छ । कोमल वली एक महिला भएको नाताले र उनको क्षमताले राष्ट्रिय सभा सदस्यमा पुगेकी होईनन भन्ने धेरैको अड्कल छ । उनी छोटोबाटोबाट पदलाप लिने मौकाबाजी र अवसरवादीको आरोप खेपिरहेकी छन् ।

यता नयाँ शक्ति नेपालकी नेत्री तथा नायिका करिश्मा मानन्धर, रेखा थापा लगायतले कोमल वली सांसद हुँदा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् । पति विनोदको ईच्छा विपरित राजनीतिमा लागेकी नायिका मानन्धरको सांसद बन्ने सपना साकार नभएपछि पति विनोद झनै चुर हुने देखिन्छन् ।

नायिका रेखा थापा वालबिवाह अन्त्यको लागि योग्यता चाहिन्छ भन्ने मुलमान्यता बोकेर देश दौडाहमा छन् । उनलाई पछिल्लो समयको राजनीतिका बारेमा त्यति वास्ता छैन् । पुरानै योजना अनुसार बालबिवाह अन्त्यको लागि महाअभियानमा जुटेको बताउछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot