Logo

चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक



काठमाडौं, १९ फागुन । यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पनि पर्न सफल भएको छ ।

सुटिङको समयदेखि चर्चामा रहेको ‘शत्रु गते’ को सुरुवाती चर्चा र ट्रेलर प्रति नै देखिएको क्रेजले रिलिजपछि बिजनेश कस्तो गर्ला भन्ने कौतुहलता उब्जेको छ । चैत ९ गते रिलिज फिल्म हिट बन्ने छाँट ट्रेलरको भिजिटरले देखाएको  छ।

प्रदीप भट्टराई निर्देशित फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्मको यसअघि रिलिज भएको ‘रुपै मोहनी’ बोलको गीतलाई पनि युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।

‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, प्रियंका कार्की, दीपकराज गिरी, हरिवंश आचार्य, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot