Logo

गायक तथा पत्रकार संग्रौला कोरीयामा सम्मानित



काठमाडौ, २० फागुन । गायक रमेश संग्रौला सम्मानित भएका छन् । मृगौला पिडित गायिका जलजला परियारको उपचार सहयोगार्थ कोरीयामा एक सांगीतिक साँझ कारममा संग्रौला सम्मानित भएका हुन् । देश वा परदेश जहाँ रहँदा पनि नेपाली कला र संगीतको क्षेत्रमा योगदान पुर्याईरहेका गायक संगितकार तथा भिडियो निर्देशक रमेश संग्रौलालाई सम्मान पत्र साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो।

तेह्रथुम जिल्लाको आठराईमा जन्मेका सर्जक संग्रौला पत्रकारीता तथा गीत(संगीतमा जमेको नाम हो । सुमधुर आवाजका धनि गायक तथा संगीतकार संग्रौलाको परिचय यतिले मात्र पुग्दैन , छायांकन, निर्देशन र त्यसलाई सम्पादन गर्न सम्म सक्ने बहुआयामिक स्रस्टा संग्रौलाले २०६४ सालमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेर यो क्षेत्रमा लागेका हुन् । विगत १२ बर्ष देखि यो क्षेत्रमा क्रियाशिल संग्रौलाले ‘तिमीलाई कुनै बस्तु ठाने सके माफ गरिदिनु’ बोलको गजल गीतमा स्वर तथा संगीत दिएर सांगीतिक क्षेत्रमा औपचारीक रुपमा प्रवेश गरेका हुन् ।

राम कृष्ण ढकालले आवाज दिएको ‘तिमीसँगै संसार घुम्ने रहर बाँकी थियो’, प्रमोद खरेलको आवाजमा सजिएको ‘बिना गल्ती सजाए चोट दियौ मलाई’ लगायत चर्चित गीतमा संगीत भरेका छन् । दुई दर्जन जति गीतमा आवाज समेत दिइसकेका संग्रौला अनलाईन नेपाली समाचारका प्रधान सम्पादक समेत रहेका छन् । ईण्डिजिनस टेलिभिजन माफर्त प्रसारण हुने कार्यक्रम मेगाईन्टरटेन्मेन्टका प्रस्तोताका रुपमा समेत उनको परिचय खुलेको छ
ि
नेपाली साहित्य समाज ९नेसास० दक्षिण कोरियाद्वारा आयोजित कार्यक्रममा , नेपाली सम्पर्क समिति अध्यक्ष अन्जु के सि प्रमुख अतिथि थिइन् भने नेपालबाट कोरिया आएका कवि, कथाकार उपेन्द्र सुब्बाको विशेष उपस्थिति रहेको थियो। विष्णु वाग्ले संयोजक रहेको उक्त कार्यक्रमको संचालन संजय घिमिरे र उत्तम खजुमद्वारा गरिएको थियो भने इतर आवाज साहित्य समाजका अध्यक्ष पराजित पोमु,अनेसासका अध्यक्ष प्रमोद सारंग तथा भिडियो निर्देशक एवं गायक रमेश संग्रौला अतिथिको रुपमा उपस्थिति रहेका थिए ।

कार्यक्रममा कवि उपेन्द्र सुव्वालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै कार्यक्रमकी प्रमुख आकर्षण गायिका बबिना किराँतीलाई “नेसास नव प्रतिभा सम्मान(२०१८”द्वारा सम्मानित गरिएको थियो भने “मर्निङ द बिगिनिङ” एल्बमका सोलो कम्पोजर चर्चित संगितकार डि आर अटूलाई दोसल्ला ओढाएर “स्मरण(पत्र”सहित सम्मान गरिएको थियो। नेसास कोरियाको दोस्रो सांगीतिक सौगात बबिना किराँतीको एकल एल्बम “मर्निङ”मा सम्बद्ध संगीतकार एवं गीतकारहरुलाई गायिका बबिना किराँतीद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा कवि उपेन्द्र सुब्बा तथा प्रमुख अतिथी अन्जु के सी, र अतिथिहरु प्रमोद सारंग, पराजीत पोमू,रमेश संग्रौला आदिले शुभकामना मन्तव्य दिएका थिए भने नेसास अध्यक्ष तथा कार्यक्रमका सभापति यल्जी विवशले कार्यक्रम भव्य बनाउन सहयोग गर्ने सम्पूर्ण तह तप्का एवं व्याक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्दै मनोरन्जनको लागी मात्रै नभएर सामाजिक दायित्वको निम्ती पनि नेसास अघि बढिरहेको जानकारी दिए।

कार्यक्रमबाट संकलित रकम दुबै मृगौला फेल भएर उपचाररत गायिका जलजला परियारको उपचारार्थ पठाइने नेसास कोषाध्यक्ष शकुन आँसुले जानकारी दिइन्। कार्यक्रममा गायिका बबिना किरातीले आफ्नो गीती एल्बम “मर्निङ” बाट सात गीतका अतिरिक्त अन्य केहि गीतहरुसहित करिब दुइ घण्टा उपस्थित दर्शकहरुलाई नचाएकी थिईन्।

कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा संग्रौलाले नेपाली कला, साहित्य र संगीतको संरक्षण, विकास र बिस्तारमा टेवा पुर्याउने सम्पूर्ण साहित्य सर्जक,कलाकार , पत्रकार आदिको योगदानको कदर हुनु आवस्यक रहेको बताएका छन् । उनले नवगायिका बबिना किराँतीको उज्ज्वल भविष्यको कामना गर्दै संगीतकार डिआर अटुको प्रसंसा समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot