Logo

नेकपाको उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा गुरुङ



काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् ।

बुधबार नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । नेम्वाङलाई प्रतिनिधि सभातर्फउपनेता र गुरुङलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot