Logo

चीनसँग भएको नयाँ सहमति र पुराना सम्झौताको कार्यान्वयन गर्ने कुरा सकारात्मक : रावल



असार ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएका नयाँ सहमति र पुराना सम्झौताको कार्यान्वयन गर्ने कुरा सकारात्मक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले चीनसँग भएको सहमतिले नेपालको पूर्वाधार निर्माण र आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे एमालेकै नेता भिम रावलको प्रश्नै प्रश्न(भिडियोसहित)

बाह्य प्रविधि र सहयोग परिचालन गरेर देश विकास गर्ने हो : रावल

सचिवालयमा नपरेका रावल असन्तुष्ट, पार्टीभित्र छलफल चलाउने

एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच तिक्तता, यस्तो छ कारण

प्रोटोकलमा हस्ताक्षर भएको भए अझै राम्रो हुने भए पनि त्यसका लागि आवश्यक तयारी नभएकाले हस्ताक्षर हुन नसकेको रावलले बताए ।

नेपालमा रेल ल्याउने विषयमा सहमति भएकाले यसलाई कार्यान्वयन गर्नका नेपालले पनि लगानी गर्न सक्नुपर्ने बताए । नेपालसँग लगानी गर्न सक्ने क्षमता पनि भएकाले आफ्नो देशमा निर्माण हुने रेलका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

रेलमा कसले कति लगानी गर्ने भन्ने स्पष्ट नभए पनि विस्तृत अध्ययनपछि सबै कुरा टुङ्गो लाग्ने रावलको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot