Logo

प्रचण्डले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए



काठमाडौं, २० असार । सत्तारुढ दल नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको छ । आज विहान बसेको बैठकमा सरकारको कामकारबाही सन्तोषजनक नभएको अध्यक्ष प्रचण्डले गुनासो पोखेका थिए ।

यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले जनतामा निराशा छाउन सुरु गरेकोले सरकारले सर्भिस डेलिभरीतिर अब विशेष ध्यान पुर्याउनुपर्ने सुझाव दिए ।

नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्य्विभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot