Logo

‘अनशन नै बस्ने हो भने पदबाट राजिनामा दिएर सडकमा आए हुन्छ’ : डा. दिक्षित (भिडियोसहित)



काठमाडौं, २३ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डाक्टरले अनशन बस्दैमा समस्या हल नहुने भन्दै डाक्टर त्यसमापनि प्रोफेसरजस्तो व्यक्ति अनशन बस्ने तरिका बेठीक रहेको बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टरले अनशन बसेर राज्यलाई दबाब दिने कुरा सुहाउँदो होईन।’

लोकतन्त्रमा अनशन भनेको एटम बमजस्तो अन्तिम हतियार हुने बताउँदै उनले भने,‘यहाँ हाम्रो देशमा त १५ औं पटकसम्मपनि अनशन बस्नु भनेको त अनशनकारीको मुद्दा नै कमजोर रहेछ भन्ने पुष्टि हुन्छ, यात सरकारको पनि केही कमजोरी रहेछ भन्ने हुन्छ।’ अहिले एकतर्फी हिसावले मिडियामा पनि डाक्टर केसीले जे भनेका छन त्यो करेक्ट छ भनेर कुराहरु प्राथमिकताका साथ समाचारहरु आईरहेको देख्दा आफू आश्चर्यमा परेको उनले सुनाए ।

डाक्टरले विरामीको सेवा गर्ने कर्तव्य भएकोले एउटा विरामीको पनि स्वास्थ्य उपचारमा पनि हानी पुर्याउन नहुने उनको भनाई छ । उनले भने,‘अस्पताल नै बन्द गराउनुहुँदैन्, स्वास्थ्य पाउने मानव अधिकार हनन नगरौं।’ ५ वर्ष अघि माथेमा आयोगले तयार पारेको प्रतिवेदन अहिलेपनि उस्तै सान्दर्भिक छ भनेर भन्नु गलत भएको उनको टिप्पणी छ ।

उनले भने,‘५ वर्षअघि संघीयता थिएन, अहिले संघीयता छ, अवस्था फेरिएको छ, फेरि पनि त्यो ५ वर्ष अघि तयार पारिएको प्रतिवेदन हुबहु अघि बढाउनुपर्छ भन्नु गलत हो, सरकार दुई तिहाईको छ, उसले परिमार्जन गर्न पाउँछ।’ सरकारले यसअघि भएका सम्झौताहरु रिभ्यु गर्न पाउने भएकोले त्यो गर्न दिनुपर्ने उनको भनाई छ । उनले प्रश्न गरे,‘भोलि कमल थापाले अनशन बसेर हिन्दूराष्ट्र पूर्नस्थापना गर्नुपर्यो भने के गर्ने ?’

यो पनि पढ्नुहोस

गोविन्द केसीका धेरै माग पूरा भैसकेका छन, बाँकी पनि पुरा गर्नुपर्छ : पूर्व सचिव श्रेष्ठ

गोविन्द केसी बचाउन सरकारविरुद्ध अन्तिम हतियार प्रयोग गर्छौं : अध्यक्ष श्रेष्ठ

गोविन्द केसीसँग गरेका सम्झौता पालना गर्नका लागि सरकार नैतिकवान हुनुपर्छ : कर्ण

अहिले एउटा व्यक्तिको मुद्दामा सबैजना पछि लागेको देख्दा आफू आश्चर्यमा परेकोपनि उनको भनाई छ । उनले भने,‘बाढी, पहिरो, भुकम्पका कारण हजारौं मान्छे मरेका छन्, उनीहरुलाई बचाउनको लागि कसैलाई मतलव छैन, तर गोविन्द केसीलाई बचाउँ भनेर सबै लागिरहेका छन्, मेरो भनाई उहाँको पनि जीवन रक्षा गर्नुपर्छ, तर जनतापनि मर्न नपरोस भन्ने हो, कसैले माँग राख्दैमा उनीहरुको माँग अक्षरंश पूरा हुन सक्दैन्।’

फरक प्रसँगमा उनले डाक्टर भनेको राज्यको उपल्लो र मर्यादित पद भएकोले यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । उनले भने,‘गोविन्द केसी डाक्टरमात्रै होईन, उहाँ त प्रोफेसर हो, तर अहिले उहाँ त सुतेर बस्नुभएको छ, उहाँले विद्यार्थीहरुलाई डाक्टरी सिकाउनुहुन्छ क अनशन बस्न सिकाउनुहुन्छ, वा प्ले–कार्ड लिएर माईतीघर मण्डलामा धर्ना वा जुलुस निकाल्न सिकाउनुहुन्छ ? डाक्टरले आफ्नो धर्म निभाउनुपर्छ, प्रोफेसरले त आफ्नो संस्थाको गरिमा बढाउने काम गर्नुपर्छ, खाली सुतेर हुँदैन।’

डाक्टर केसी सरकारी कर्मचारी भएको बताउँदै उनले पदमा बसेर अनशन बस्न नसुहाउने जिकिर गरे । उनले भने,‘अनशन नै बस्ने हो भने पदबाट राजिनामा दिएर सडकमा आए हुन्छ, होईन भने राजनीति पार्टी खोले हुन्छ, पदमा बसेर गलत काम गर्नुभएन्।’ चिकित्सक संघले पनि सरकारलाई ७२ घण्टे अल्टिमेट दिएकोमा उनको कडा आपत्ति छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot