Logo

सरकारविरुद्धको षडयन्त्र एक/एक गरेर परास्त गर्छौं : प्रचण्ड



काठमाडौं, ११ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय तत्वहरु पार्टी एकता र सरकारलाई असफल बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । तर, उनले त्यस्ता ‘षडयन्त्रलाई एक एक गरेर परास्त’ गरिने उद्धघोष गरेका छन ।

सर्लाही–काठमाडौं सम्पर्क मञ्चले सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । पार्टीले गरेको संकल्प र जनताको सपनालाई यो सरकारले साकार पार्ने उनको दाबी थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot