Logo

बिमस्टेकका सबै विशिष्ट पाहुनाद्धारा राष्ट्रपति भण्डारीसँग सामूहिक भेट



काठमाडौं, १४ भदौ । बिमस्टेक शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका विशिष्ट पाहुनाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानका प्रधानन्यायाधीश एवं अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक र म्यानमारका राष्ट्रपति विन मिन्ट शितल निवास गएका हुन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले स्वागत गरे । आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना पनि गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी छन् । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot