Logo

नेपाल शिक्षक महासंघ प्रदेश ५ आन्दोलन : ५ हजार शिक्षक कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेर्ने



६ मंसिर, बुटवल । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्ने भएको छ ।

आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि थप आन्दोलन गर्ने जनाएको हो ।

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै शिक्षक महासंघले बुटवलमा बिशाल प्रदर्शन गर्ने र माग सम्बोधनका लागि सरकारलाइ दबाब दिने बताएको छ ।शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले शिक्षकका माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

शिक्षक महासंघले विभिन्न २६ सुत्रियमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको छ ।महासंघ तेश्रँे चरणको आन्दोलनमा रहेको छ । प्रदेशका ५ हजार शिक्षक—कर्मचारी उत्रारेर बुटवलमा प्रर्दशन गर्ने र प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय घेराउ गर्ने जनाएको उनले जानकारी दिए ।

महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाइ आग्रह गरेको छ ।महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot