Logo

ला–लिगा : रियाल मड्रिडद्धारा रायो भ्यालेकानो पराजित



काठमाडौं, १ पुष । स्पेनिस ला–लिगा फुटवलमा रियाल मड्रिडले जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा रियाल मड्रिडले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो ।

रियालको जितमा करिम बेन्जिमाले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै रियालले १६ खेलबाट २९ अंक बनाएको छ । पराजित रायो भ्यालेकानोले भने १६ खेलबाट १० अंक मात्रै बनाउन सकेको छ ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भ्यालाडोलिडलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, गेटाफेले रियल सोसाइडेडलाई १–० गोलअन्तरले पराजित गर्दा इल्बार र भ्यालेन्सिया भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।

लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १५ खेलबाट ३१ अंक छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १६ खेलबाट ३१ अंक नै भएको छ ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot