Logo

वाईडबडी प्रकरण : देउवाले थर्काएपछि राजेन्द्र केसी बेपत्ता



काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खोजेपछि सार्वजनिक लेखा समितिका सदस्य तथा वाईडबडी विमान खरिद प्रकरण छानबिन उपसमितिका संयोजक राजेन्द्र कुमार केसी बेपत्ता भएका छन् ।

उपसमितिले वाईडबडी खरिद प्रकरणमा ठूलो घोटाला भएको प्रतिवेदन ल्याएको थियो । त्यस्तै, उपसमितिले वाईडबडी खरिद घोटालामा कांग्रेसका नेताद्धय जीवनबहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि मुछेको छ ।

उपसमितिका संयोजक केसीले आफ्नै पार्टीका नेताहरुको नाम मुछेकोमा देउवा असन्तुष्ट छन् । त्यही भएर देउवाले हिजो संयोजक केसीलाई थर्काएका थिए । स्रोतका अनुसार देउवाले हचुवाको भरमा नाम किन मुछेको भन्दै थर्काएपछि केसी हिजोदेखि बेपत्ता छन् । उनले देउवाको दबाब थेग्न नसकेर मोवाईल नै ‘स्विच–अफ’ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot