Logo

इटालीयन सुपर कपको उपाधि युभेन्टसले जित्यो, रोनाल्डो नायक



काठमाडौं, ३ माघ । यस वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ । साउदी अरबको जेदाहमा गएराती भएको खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

युभेन्टसलाई उपाधि दिलाउन पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे । इटालीयन लिग सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसका लागि रोनाल्डोको यो १६ औं गोल हो ।

इटालीयन सुपर कप फुटबलमा अघिल्लो सिजनको सिरी ए च्याम्पियन र ईटालीयन कप च्याम्पियनले प्रतिस्पर्धा गर्ने प्रावधान छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot