Logo

युएइविरुद्ध नेपाल संकटमा, ६ विकेट झर्दा जितका लागि ३१ बलमा ५८ रन आवश्यक



माघ १७, काठमाण्डौ । युएइविरुद्धको तीन खेलको एकदिवसीय सिरिज आफ्नो पोल्टामा पार्न सफल नेपाल पहिलो टि ट्वान्टी खेलमा निकै संघर्ष गर्नुपरेको छ ।

युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाले कमजोर प्रदर्शन गर्दा खेलमा संघर्ष गर्नुपरेको हो ।

नेपालले १५ ओभर व्याटिङ गर्दा ६ विकेटको क्षतिमा जम्मा ९७ रन बनाएको छ । कप्तान पारस खड्काले २५ बलबाट २५ रन जोडेर आउट भएपछि नेपाल संकटमा परेको थियो ।

ओपनिङ व्याट्सम्यान प्रदिप ऐरि पहिलो बलमा आउट भए भने अर्का व्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले पनि १० बलबाट ७ रनमात्रै जोडेर आउट भए । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले पनि २ बल खेलर चार रन मात्रै जोडे । राहुल पौडेलले पनि ४ रन मात्रै जोडे ।

करण केसीले पनि ४ रनभन्दा बढि योगदान गर्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको युएइलाई नेपाले १ सय ५३ रनमा रोकेको थियो । २० ओभरको खेलमा युएईले सम्मानजनक स्कोर बनाएपछि नेपाल दबाबमा परेको थियो ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

यूएईका लागि शाइमन अनवारले ३८ बलको सामना गर्दा चार चौका र दुई छक्काको मद्धतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भए । त्यसैगरी मोहम्मद बुटाले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot