Logo

लिभरपुलद्धारा बर्नेमाउथ ३-० गोल अन्तरले पराजित



काठमाडौँ,२७ माघ । जारी इङ्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा लिभरपुलले आफुले स्थान पक्का बनाएको छ । छ । गएराती घरेलु मैदानमा भएको खेलमा बर्नेमाउथलाई ३ ० गोल अन्तर पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले एक–एक गोल गरे ।एनफिल्डमा खेलको २४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा विजनाल्डमले लिभरपुलको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ४८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३(० को सहज जित दिलाए । जितसँगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । आजको खेलमा म्यानचेस्टर सिटी र चेल्सीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot