Logo

राष्ट्र बैंक भवन निर्माणको ठेक्का सीआईसीओ–समानान्तरलाई



काठमाडौं २४ फागुन । लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव गर्नेमध्ये दोस्रो रहेको सीआइसीओ समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो ।

उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१ हजार छ ।

इकाईले असारमा भवन निर्माणका लागि टेन्डर आह्वान गरेकोमा सबभन्दा कम दररेट प्रस्ताव गरेको पप्पुले असोजमा ठेक्का पाउने निश्चित भएको थियो । विवादित कम्पनीलाई दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot