Logo

सरकार जनमत संग्रहमा जानै सक्दैन, यो बेमौसमको बाजा हो : पुन (भिडियोसहित)



चैत, काठमाण्डौ । उर्जामन्त्री वर्षमान पुनले जनमत संग्रहको एजेण्डालाई बेमौसमको बाजा भनेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै पुनले अहिलेको अवस्थामा जनमत संग्रहमा जाने कुरा असम्भव भएको बताएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दुराष्ट्र लगायतका विषयमा जनमत संग्रहको माग गर्नु गलत भएको पुनले बताए ।

अहिलेको संविधानमा भएका व्यवस्था परिवर्तन गर्न आवश्यक नै नभएको पुनको ठहर छ ।

संघीयताको विषयमा चित्रबहादुर केसी र राजतन्त्रको विषयमा कमल थापाले जनमत संग्रहको माग गर्दैमा सरकार त्यसको लागि तयार हुन नसक्ने मन्त्री पुनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot