Logo

कोमल वलीको गुठी विधेयकबारे मौनता किन ?



काठमाडौं, ४ असार । कोमल वली देशमा उठेका जल्दाबल्दा विषयमा बोलिहाल्छिन् । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्छिन् । तर, यसपटक उनी मौन भइन् । गुठी विधेयकबारे उनको बोली फुटेन ।

दाङ स्थायी घर भएकी लोकप्रीय गायिका कोमल धर्मप्रति निकै आस्था राख्छिन् । कुनैबेला राजावादीहरुसँग नजिक भएकी उनी पछिल्लो समय गणतन्त्रवादी बनेकी छिन् । नेकपाकी सांसद बनेकी छिन् ।
नेकपाबाट राष्ट्रिय सभा सांसद बनेकी ओली सरकारले ल्याएको गुठी विधेयकमा बोलेकी छैनन् । विधेयक गुठीको जग्गा व्यक्तिको बनाउने उद्देश्यबाट प्रेरित रहेको भन्दै आलोचना भइरह्यो । कोमल वली बोलिनन् ।

संसदमा पनि बोलिनन् सामाजिक सञ्जालमा पनि मौन बसिन् । उनको मौनतालाई असन्तुष्टि त होइन भन्नेहरु छन् ।

धर्म र संस्कृतिप्रति निकै आस्था राख्ने कोमल वली स्वर्गद्वारीको जग्गाको विषयमा गम्भीर रहेको बुझिएको छ । गुठी विधेयकको पक्षमा बोल्दा उनी अलोकप्रीय हुनसक्छिन् । विपक्षमा बोल्दा सत्तारुढ दलको सांसद हुनुका साथै दाङका थारु समुदाय चिढिन सक्छिन् । यसकारण पनि वली अप्ठ्यारोमा छिन् ।

कोमल वली प्रधानमन्त्री केपी शर्मा ओलीका पनि प्रीय छिन् । त्यसैले प्रधानमन्त्रीलाई चिढ्याउने बोल्नै भएन । संस्कृतिविरोधी पनि बन्न भएन ।

कतिपयले उनलाई अवसरवादी भनिरहेका छन् । कतिपयले समयलाई चिन्न सक्ने भनिरहेका छन् । सरकारले विधेयक फिर्ता लिएपनि आन्दोलन रोकिएको छैन । खारेजीको माग उठिरहेको छ । यसबारे कोमल किन बोल्दिनन् ?



प्रतिक्रिया दिनुहोस्

Screenshot