Logo

हरेक नेपालीले हेर्नैपर्ने गित ‘जलन’(भिडियोसहित)



काठमाडौं, २१ असार । युवा गायक गोकुल बास्कोटाको नयाँ लोक गीति एल्बम ‘जलन’ सार्वजनिक भएको छ । कर्णप्रिय कला र गलाका धनी गायक गोकुल भण्डारी र गायिका देवि घर्तिको समधुर स्वरमा सार्वजनिक गरिएको उक्त गीत परदेशी मुटुहरुको मनको ढुकढुकी बनेर सार्वजनिक भएको छ ।

ब्लोसम म्युजिक प्रालीको प्रस्तुती रहिआएको गीतमा पारिवारिक माया– प्रेमका भावहरुलाई निकै र्नै कलात्मक रुपमा शब्द माला बनाएर प्रस्तुत गरिएको छ ।

बद्रि पाठकको संगीत तथा गोेपाल प्रसाद भट्टराईका शब्दद्वारा सु–सज्जित सिर्जना लाई देश छाडेर रोजगारीका लागि बिदेशीयका लाखौ युवाको कथालाई संगित मार्फत उजागर गर्न खोजिएको छ ।

कलकलाउदो उमेरमा आफ्नो जन्मभूमि र भर्खरै विवाह बन्धनमा बाधियकी आफ्नी प्रियसीलाई चटक्क छाडेर परिवारको गर्जा टाल्न विदेशीनुको पिडा र घरको यादलाई गीत मार्फत समेटिएको छ ।

सुख खोज्देै परदेश गएका प्रेमी र गाउँमा रहेकी श्रीमति विचको प्रेम भाव भिडियोमा देख्न सकिन्छ । रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन रहेको गीतको भिडियोका निकै नै सुन्दर दृश्यहरु सागर गौत्तमले क्यामेरामा कैैद गरेका छन ।

भिडियोमा स्वयंम गायक तथा मोडल गोविन्द भण्डारी , सोनु क्षेत्री र ब्लोसम ढकालको जोडदार अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot