Logo

पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य हेरफेर



साउन २१, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसा बढाएको हो ।

एलपी ग्यासमा भने २५ रुपैयाँ घटाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

आयल निगमको निर्णयअनुसार काठमाडौ थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र)को पेट्रोलको नयाँ विक्री मूल्य रू १ सय ९ र डिजेल मट्टीतेलको मूल्य रू ९७ हुनेछ भने एल.पि. ग्यासको खुद्रा मूल्य रू १३ सय ७५ हुनेछ ।

हवाई ईन्धनको विक्री मूल्य भने यथावत राखिएको छ । यो मूल्य मंगलवार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot