Logo

‘भिडियो कन्फ्रेन्सद्वारा मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षाका दृष्टिले गलत’



कैलाली, ११ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरेका छन् ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी नभएको र यो काम आफैंमा विवादास्पद भएको बताए ।

त्यस्तै, रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताए । रावलले जिम्मेवार नेता डा. बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए । मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय रहेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot