Logo

कलाकार हरिहर र शकुन्तला ‘शिव पार्वती’को रुपमा सम्मानित



काठमाडौं । ‘फेसियल हाउस तीज महोत्सव २०७६’मा अग्रज कलाकार दम्पती हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मान प्रदान गरिएको छ । यो तीज बिषेश कार्यक्रमको आयोजना फेसियल हाउसले गरेको हो । उनीहरुलाई नेपाली कलाक्षेत्रका विभिन्न विधामा पुर्याएको उल्लेखनिय योगदानको कदर गर्दै यो सम्मान दिइएको हो । उनीहरु जीवन यात्रामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेका छन् ।

त्यसैगरी ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ सभामुख कृष्णबहादुर महराको धर्मपत्नी सिता महरालाई प्रदान गरिएको हो । भदौं १८, १९ र २० गते पोखरामा आयोजना गर्न लागेको कार्यशाला गोष्ठीका लागि चलचित्र पत्रकार संघ नेपालले आर्थिक सहयोग गरिएको थियो । उनले पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग स्वरुप रु पच्चिस हजार प्रदान गरेकी थिइन् ।

कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ‘तीज आयो’को भिडियो विमोचन समेत भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot