Logo

अँध्यारोमा खुकुरी सहित पक्राउ



काठमाडौं । प्रहरीले धारिलो हतियार सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सुनसरी धरान नगरपालिका–२२ घर भएका ३६ वर्षीय साजन राईलाई धारिलो खुकुरी १ थान सहित १९ भदौं राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा धारिलो हतियार लिएर अध्यारोमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot