Logo

वर्षा सिवाकोटीको इन्स्पेक्टर अवतार



काठमाडौं, भदौ २१ । नायिका वर्षा सिवाकोटी इन्स्पेक्टरको अवतारमा देखिएकी छिन् । उनी नेपाल प्रहरीको इन्स्पेक्टरको पोशाकमा काभ्रेमा भेटिएकी हुन् ।

इन्स्पेक्टरको पोशाक वर्षालाई खुबै सुहाएको छ । उनी चलचित्र लक्का जवानमा इन्स्पेक्टरको भूमिकामा छिन् । प्रहरीको भूमिकामा वर्षाको यो पहिलो चलचित्र हो । फिल्म हाँस्यकलाकार शिवहरी पौडेलले बनाएका हुन् । फिल्ममा शिवहरि पौडेलसँगै प्रियंका कार्की पनि छिन् । नायक दिलिप रायमाझीका अलावा हाँस्यकलाकार किरण केसी, सलोन बस्नेतलगायत चलचित्रमा छन् ।

नेपाली चलचित्रमा उनी खासै सफल नायिकाका रुपमा गणना नभएपनि लक्का जवानले वर्षाको करिअरमै वर्षा गराउने अपेक्षा गरिएको छ । उनले वीर विक्रम २ जस्ता नाम चलेका चलचित्रमा अभिनय गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot