Logo

घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा पक्राउ



–अच्युत रेग्मी
काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ र राजन तामाङ तथा विदुरका धर्मराज तामाङ र पिटर तामाङ, गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले र धादिङ खनियाबासका विजय तामाङ छन् ।

अभियुक्तसँग प्रहरीले दुई थान चिनियाँ पेस्तोल, सोको म्यागेजिन दुई थान, सोको गोली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र मोबाइल नौ थान बरामद गरेको छ ।

परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै तिनलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले यही भदौ १९ गते नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विश्वकर्मालाई गोँगबुस्थित मुस्ताङ गेष्टहाउसको ४०४ नम्बरको कोठामा लुटपाट गर्ने समूह रहेको जानकारीको आधारमा
उनीहरुलाई पक्राउ गर्न सफल भएका जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot