Logo

अवैध लागुऔषध सहित पक्राउ



सिराहा, भदौ २३ । अवैध लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिक ३ बस्ने नितिन चौधरी, लहान नगरपालिका १ बस्ने सन्तोष सहनी रहेका छन् । लहान नगरपालिका २ कटहा चौकबाट नियन्त्रित लागूऔषध फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल सहित २२ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स.१० प ५७९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले सखुवानानकारकट्टी गाउँपालिका २ बस्ने कुदुस राईनलाई फेनारगन एक एम्पुल र डाईजेपाम दुई एम्पुल सहित २२ भदौमा पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot