Logo

निर्माता रघुले बर्थडको अवसरमा नयाँ चलचित्रको घोषणा



चलचित्र “वीराङ्गना” का प्रस्तुतकर्ता रघु परियारले नयाँ चलचित्र “मन परेसी पर्यो पर्यो” को घोषणा गरेका छन् । उनले २८ भदौं आफ्नो जन्मदिनको अवसरमा चलचित्रको घोषणा गरेका हुन् । उक्त चलचित्रको निर्देशन रुपेश थिङले गर्नेछन् भने छायांकन तिहारपछि सुरु हुने जनाइएको छ ।

अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्म ‘वीराङ्गना’ पछि उनी मल्टीस्टारर चलचित्र “पोइ पर्यो काले” मा निर्माताको रुपमा काम गरेका थिए । निर्देशकसँग मनमुटाव भएपछि उनले छायांकन सकिएसँगै निस्किएका थिए । अब उनी लभस्टोरी चलचित्रतर्फ लागेका छन् ।

निर्माण टिममा चलचित्रको लिड अभिनेत्रीका लागि साम्राज्ञी आरएल शाहसँग कुरा गर्ने सोचमा रहेको जनाएको छ । चलचित्रमा लभस्टोरीसँगै कमेडी र एक्सनको पनि समिश्रण रहने निर्माताले जनाएका छन् ।

निर्माता चक्र पाख्रिन तामाङ र फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने ‘मन परेसी पर्यो पर्यो’ चलचित्र यही वर्षको अन्त्यमा दर्शकमाझ ल्याउने जनाइएको छ ।

Photo Source: FilmyKhabar



प्रतिक्रिया दिनुहोस्

Screenshot