Logo

६ लाख ठगी गर्ने फरार



काठमाडौं, ३० भदौ । अपरिचित व्यक्तिले डलर साटीदिने भन्दै नगद ठगी गरेका छन् । नगद ठगी हुनेमा गोकर्णेश्वर नगरपालिकापा ७ दक्षिणढोका डेरा गरी बस्ने मुगु सोरूङ घर भएका एक पुरुष रहेका छन् । उनको नगद ६ लाख रुपैयाँ २९ भदौको बिहान ठगी भएको हो ।

नाम, थर, वतन नखुलेका अपरिचित व्यक्तिले ती पुरुषलाई डलर साटीदिन्छु भन्दै उनको साथमा रहेको उक्त नगद ठगी फरार रहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गरिरहेको बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot