Logo

मोदी चढेको विशेष हेलिकोप्टरले पटेलको शालिकलाई फन्को लगायो (भिडियोसहित)



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जन्मदिन मनाउन गुजरात पुगेका छन् । उनले गुजरातमा बनाइएको सरदार बल्लभ भाई पटेलको विशाल शालिकलाई फन्को मारेका छन् ।

विमानबाट पटेलको शालिकलाई फन्को मारेको दृश्य ट्वीटरमा समेत राखेका छन् । एकताको शालिक नाम दिइएको केभाडीयास्थित शालिक विश्वकै अग्लो शालिक हो । मोदी गुजरातको मुख्यमन्त्री हुँदा यसको निर्माण गर्न लगाएका थिए । पटेलको शालिक निर्माण गर्न किसानहरुबाट फलामको औजार संकलन गरिएको थियो ।

भारत स्वतन्त्र भएपछि गृहमन्त्री बनेका पटेलले भारतभित्रका कतिपय साना राज्यहरुलाई समाहित गर्न भूमिका खेलेका थिए । मोदीले उनलाई आदर्श मानेका छन् ।

तस्बिर र भिडियोः मोदीको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्