Logo

गणतन्त्रको रक्षाका लागि संक्रमणकालिन न्याय लक्ष्यमा पु¥याउनुपर्छ : दाहाल



काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउनु नै आफ्नो प्रमुख चाहना भएको बताएका छन् ।

अन्य कुनै राजनीतिक उद्धेश्य नरहेको जिकिर गर्दै दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफू सक्रिम रहेको बताए । अमेरिका, भारत, चीन र युरोपलगायत विभिन्न मुलुकसँग वातावरण निर्माणका लागि प्रयास गरिरहेको दाहालको भनाई छ ।

बिहीबार काठमाडौंमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको संक्रमणकालिन न्यायको निकास विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दैन दाहालले द्धन्द्धकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए ।

अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पु¥याउनुपर्नेमा पनि जोड दिएका छन् । उनले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अव सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

अव पनि संक्रमणकालीन न्याय टुंगोमा नपु¥याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको अध्यक्ष दाहालको चेतवनी थियो । अध्यक्ष दाहालले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकि काम टुंगोमा पु¥याउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटकपटक दोहो¥याए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot