Logo

अपाङ्ग व्यक्तिलाई परिचयपत्र वितरण



तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिए । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् ।

परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ सस्र्युंखर्कमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका १२ र ‘घ’ वर्गका पाँच गरी १९ जना, वडा नं २ चुखामा ‘क’ वर्गका एक, ‘ख’ वर्गका नौ, ‘ग’ वर्गका १० र ‘घ’ वर्गमा चार गरी २४ जना, वडा नं ३ सरमथलीमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका छ, ‘ग’ वर्गका तीन, ‘घ’ वर्गका एक गरी ११ जना र वडा नं ४ बोल्देमा ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका चार र ‘घ’ वर्गका तीन गरी १० जना रहेका छन् ।

प्रत्येक वडा-वडामा नै पुगेर गरिएको विवरण सङ्कलनका आधारमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसखाले कार्यक्रमबाट अपाङ्गता भएकाहरुको वास्तविक स्थितिको पहिचान हुनुका साथै तिनको संरक्षण तथा उपचारमा सहजता आउने गाउँपालिका अध्यक्ष तामाङले बताए । जन्मजात वा प्राकृतिक तथा दैविक प्रकोपबाट भएको अपाङ्गताका आधारमा वर्गीकरण गरी परिचयपत्र दिने गरिएको गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot