Logo

प्रधानमन्त्रीको स्वास्थ्यबारे भीम रावलको नयाँ खुलासा



काठमाडौं, १४ कात्तिक । ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलाईसिस गरिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेकपाका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले आजपनि प्रधानमन्त्रीको डायलाईसिस गरिएको जानकारी दिए ।

मिडियासँग संक्षिप्त कुराकानी गर्दै नेता रावलले भने,‘प्रधानमन्त्रीको उपचार भैरहेको छ । अहिले माथिल्लो तल्लामा उहाँको डायलाईसिस भैरहेकोले मैले भेट्न पाईँन् । त्यो डायलाईसिसको प्रक्रिया आधा भैसकेको छ । अब आधा पूरा भैसकेपछि उहाँलाई तल क्याविनमा राखिनेछ । मैले बुझ्दाखेरि हिजोको प्रारम्भिक परीक्षणको कुरामात्रै थियो । त्यही अन्तर्गत उपचार भैरहेको छ।’

ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । आज पनि ओलीको डायलाईसिस गरिएको हो । उनको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई भेट्न यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेताहरु नारायणकाजी श्रेष्ठ र रावल पनि अस्पताल पुगेका थिए । तीन मध्ये नेता पोखरेलले मात्रै ओलीलाई भेट्न पाएका थिए । तर, नेताद्धय श्रेष्ठ र रावलले भने ओलीको डायलाइसिस प्रकृया जारी रहेकाले नभेटी फर्किएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot