Logo

युभेन्टसद्वारा लोकोमोटिभ मस्को स्तब्ध



काठमाडौं,कार्तिक २१ । जारी च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई पराजित गरेको छ ।

अन्तिम १६ कालागि स्थान सुरक्षित गर्दे युभेनटसले लोकोमोटिभ मस्कोलाई २–१ गोलअन्र्तरले पराजित गरेको हो ।

उक्त जितका लागि युभेन्टसका लागि आरोन रामसी र डुग्लस कोस्टाले गोलको योगदान दिएका थिए । खेलको तेस्रो मिनेटमै रोनाल्डोको फ्रि–किकलाई रामसीले गोलमा बदलेका थिए ।

उक्त गोललाई फर्काउदै लोकोमोटिभ मस्कोका अल मिरानचुकले खेललाई बराबरीमा ल्याएपनि इन्जुरीसमयमा युभेन्टसले खेल जितको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot