Logo

सन्दीपको किर्तिमान



काठमाडौं, कार्तिक २२ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचिमा परेका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ले निकालेका सर्वेक्षणमा लेग स्पिनर सन्दीप टि–ट्वान्टी क्रिकेटकालागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन ।

म्यागजेनका अनुसार उनले अक्टोबर २०१८ देखि २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलिसकका छन् । सन्दीपले भारतको आइपीएल, बंगलादेशको बिपीएल, अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्थानको पीएसएल, अफगानीस्थानको एपीएल, क्यानडाको ग्लोबल टि२० र युएईको टी–१० लिग खेल्ने क्रममा उक्त राष्ट्रको भ्रमण गरेका हुन ।

सर्वेक्षण अनुसार उनी धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन् । सन्दीपले सात टिमबाट खेलेका छन् । सन्दीपले नेपालस्थित दिल्ली क्यापिटल, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स बर्वाडोस टिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।

सन्दीपसंगै अफगानिस्थानका नाजिबुल्लाह जाड्रनले पनि आठ राष्ट्रको भ्रमण गरेका छन् । सन्दीप र जाडुुन सयुक्त शीर्ष स्थाजनमा रहेका छन् । अफगानिस्थानका राशिद खान, रहमत शाह, श्रीलंकाका थिसरा परेरा, इशुरु उडाना र न्यूजिल्यान्डका कोलिन मुन्नोले सात राष्ट्र भ्रमण गरेर दोस्रो स्थानमा रहेका छन् ।शुक्रबार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot