Logo

पारसका आफ्नै पाराका तस्विरले पाउँदै यस्ता प्रतिक्रिया



काठमाडौं, कार्तिक २३ । हाल मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाह तस्विरका कारण विवादित बनेका छन । विहिबार मुक्तिनाथ दर्शन गरेका तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त तस्विरबारे प्रतिक्रियासंगै आलोचना पनि भइरहेको छ ।

पारसले सार्वजनिक गरेका तस्विर मध्ये एक तस्विरमा उनी घोड सवार देखिन्छन । तर, तस्विर पछाडिको पृष्टभृमिमा मन्दिरका घण्टीहरु प्रष्ट देखिएकाले उनी मन्दिर परिसरमा पनि घोडाबाट नआर्लिएको उनीमाथी आरोप लागेको छ ।

झट्ट हेर्दा डव्लुडव्लुइ सुपरस्टार रोमन रिङ्स जस्तै देखिने बाँकि तस्विरले पनि समाजिक सञ्जालमा निकै प्रतिक्रया पाईरहेको छ । कसैले उनलाई आफ्नै पाराका तस्विर भन्दै मजाक उडाई रहेका छन् भने कतिपयले उनी होसमा नरहेको सम्म प्रतिकृया जनाएका छन ।

केहि कमेन्टमा त उनले ओभर डोज लिएको र उनी आफुलाई होसमा ल्याउने प्रयास गरेको समेत लेखेका छन् । बेलामौकामा पारका तस्विर तथा भिडियोहरु भाइरल हुँदै आएका छन् ।

पछिल्लो पटक उनको मोडल सोनीका रोकालाई पिङ खेलाउदै गरेको फोटो सार्वजनिक भएपछि भाइरल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot