Logo

भलिबलमा नेपाललाई ऐतिहासिक पदक



नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको छ । पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै महिला राष्ट्रिय भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक सफलता हात पारेको हो ।

बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक सफलता हात पार्दा च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि लिग चरणमा पनि नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।



प्रतिक्रिया दिनुहोस्