Logo

‘मसँग काँग्रेसमा सबैलाई मिलाउने क्षमता छ’



काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका प्रबल दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवाको कटु आलोचकको परिचय बनाएका उनीसँग काँग्रेसको केन्द्रीय कमिटि बैठकका बारे ऋषि धमलाले गरेको कुराकानीः
मंसिर २६ गते हुँदै गरेको कांग्रेसको बैठकको एजेन्डा के के हुन् ?
बैठकको एजेन्डा अहिले नै हामीले पाएका छैनौं । तर, सरसर्ती हेर्दा उपनिर्वाचनको समीक्षा त्यसपछि नेविसंघ, तरुदल लगायतका भ्रातृ संगठनहरुको मधिवेशन यही कुराहरुमा छलफल हुन्छ ।
सभापतिले विभाग गठन गर्न पेलेरै लान्छु भन्नुभएको छ नि ?
उहाँले भन्नुभएको छ, विभाग पनि एउटा आउँछ । पहिला पनि आइसकेको हो ।
विभाग गठन गर्नलाई सहमति भएन भने के हुन्छ ?
हामीहरुको चार वर्षे कार्यकाल सकिन दुई महिना बाँकी छ । आगामी फागुनमा त्यो सकिन्छ । त्यसपछि एक वर्ष थप्ने प्रावधान त्यो पनि थपिन्छ । मूल कुरा त विभाग बनाउनलाई अहिलेसम्म के कुराले रोक्यो । दोस्रो अहिले २८ वटा विभाग छन् । फेरि १७ वटा थप्नुपर्ने आवश्यकता के पर्यो ? साथीहरुलाई एडजस्ट गर्ने नाममा हो भने भिन्दै कुरा भयो । त्यस्तो हिसाबले पार्टी चल्दैन ।
विभाग गठन गर्ने सभापतिको अधिकार हो नि त्यसलाई रोक्न सक्नुहुन्छ ?
पार्टीको सभापति हामीहरुको सर्वमान्य हो । उहाँ सबैले मानेको व्यक्ति हो त्यसैले हामी अप्ठ्यारो पार्नेतिर जाँदैनौं । तर, अन्तिममा विभाग बनाउनु र किन थप्नुपर्ने भयो त्यसको पुष्टि त गर्नुपर्यो नि ।
सबैलाई भागबन्डा चाहिएको हो ?
हामीहरुलाई केही चाहिएको छैन । अझ मलाई चाहिएको ‘अधिवेशनको डेट डिक्लेयर गरेर अगाडि जाऔ ।’ ठूलो कुरा त अहिलेकै विधानमा सातवटै प्रदेशमा महाधिवेशनका प्रतिनिधिले भोट हाल्ने भनिसकेका छौं । त्यो किन रोकिइराखेको छ । त्यहाँ अहिले नै अधिवेशन गराइदिउनँ, प्रदेश र केन्द्रको सँगै गर्ने भनेर हाम्रो विधानमा छैन । अहिले जति पनि हाम्रा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँलाई सातैवटा प्रदेशमा अधिवेशन गराइदिए भइहाल्छ नि । त्यसले मतदाता, भोटर्स र कार्यकर्तामा एउटा उर्जा बढ्थ्यो । अहिले विभाग त बनाउनुहोला, कसैले समर्थन गर्ला, विरोध गर्ला त्यो ठूलो कुरा भएन । तर सँगसँगै अधिवेशनको मिति तोक्नुपरेन ?
अहिलेसम्म तपाईंहरुले अधिवेशनको तयारी किन गर्नुभएन ?
मैले तपाईंहरुकै मिडियामार्पmत जब हामीले निर्वाचनमा हार्यौं । त्यति बेलै मैले स्पष्ट भनेको ‘अब हामी अधिवेशनतिर लागौ’ भनेर ।
तपाईंले त लागौ भन्नुभयो तर तपाईंको कुरा कसैले सुनेनन् नि ?
पार्टीमा सभापतिको अधिकार हुन्छ । फेरि उहाँको बहुमत पनि छ । त्यसलाई माइनस गरेर जान सकिँदैन । हामीले खाली हाफ्ना कुराहरु राख्ने हो । उहाँ आपूmलाई लागेको कुरा बहुमतले पास गर्नुहुन्छ । त्यसमा लडाइँ गर्ने होइन ।
शेरबहादुर देउवाले पार्टीभित्रबाट ४०-६० को कुरा आयो नाम ल्याउनुस् भन्दा नदिएर असहयोग भयो भन्नुभएको छ नि ?
यो रामचन्द्रजी सोध्ने हो । मसँग यो प्रश्न गर्ने होइन । मसँग शेरबहादुरजी नाम मागेको होइन, माग्ने काम पनि छैन । सभापति आपूmले गर्नुप¥यो नि । यस्तो कसले नाम दिने, कसले गर्ने भन्ने छ हामीले नाम दिने त होइन । सभापतिको अधिकारका कुरालाई रामचन्द्रजीसँग नाम किन माग्नुप¥यो ? हो, वैधानिक गुटको राजनीतिक भनेकै यहीं हो । हामी केन्द्रीय कमिटिमा ८२ जना छौं । निर्वाचित र मनोनित गरेर उनीहरुसँगै लिए भैगो नि नाम । अब रामचन्द्रजीले नाम दिनुभएन भने उहाँलाई नै सोध्नुस् ।
४०-६० रेसियोमा गयो नि कांग्रेस ?
हो, यही ४०-६० को भागबन्डाले नेपाली कांग्रेसलाई मजबुद बनाइराखेको छैन । कमजोर बनाइरखेको छ, त्यो बुझ्न जरुरी छ ।
भागबन्डाको महारोग छ हो ?
भागबन्डा होइन ग्रुपिजम छ, त्यसलाई म पनि मान्छु । त्यो ग्रुपिजमलाई म्यानेज गर्ने सभापतिजीले हो नि । मैले म्यानेज गर्ने त होइन, उहाँले नै हो । उहाँ त चार-चार पटक प्रधानमन्त्री भएको, सबैले मानेको व्यक्ति हो । अब रामचन्द्रजीले नाम दिनुभएन भने किन दिनुभएन बसेर सभापतिले कुरा गर्नुपर्यो नि । तपाई किन सोध्ने ।
तपाईंहरु त रामचन्द्रकै गुटमा हुनुहुन्थ्यो नि ?
कुनै गटमा छैन । जसले राम्रो काम गर्छ, जसले बोलाउँछ त्यहाँ म जान्छु । सभापतिजीले बोलाउनुभयो भने पनि जान्छु, रामचन्द्रजीले बोलाउनुभयो पनि जान्छ ।
त्यसमा तपाईं रामचन्द्र पौडेलको गुटमा हुनुहुन्न ?
म त नेपाली कांग्रेस गुटमा छु ।
अघिल्लो महाधिवेशनमा त तपाईं रामचन्द्र पौडेललाई सभापति बनाउन लाग्नुभयो नि ?
ऋषिजी तपाईंले कसैलाई भोट हाल्नुभयो कि भएन ? त्यसको मान्छे हुनुभयो ? भोट हाल्नुपर्यो ।
त्यो समर्थनले पनि गुट त सिर्जना गर्यो ?
भोट हाल्नेबित्तिकै कसरी गुट सिर्जना हुन्छ ।
कोइराला परिवारबाट एक जनाले सभापतिमा उम्मेदवारी दिने भन्नुभएको होइन ?
मैले चाहीं यो कुरा कहिल्यै पनि भनेको छैन । अरु दुई जना भाइ बहिनीलाई सोध्नुस् । दोस्रो कुरा हामी गुटमा विश्वासै गर्दैनौं । तेस्रो कुरा कोइरालाहरु गुट बनाइरखेका छन् भनेर मिडियाले भनेको छ, हामीले भनेका छैनौं ।
आगामी महाधिवेशनबाट कोइराला परिवारबाट गुटको जन्म हुन्छ ?
मलाई त्यस्तो लाग्दैन ।
त्यो गुटको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ ?
कसरी नेतृत्व हुन्छ । गुटको म विश्वासै गर्दिँन भन्दैछु ।
शशांक कोइरालाको समर्थनमा सभापतिको उम्मेदवारी दिनुहुन्छ हो ?
सभापतिको उम्मेदवारी म दिन्छु, दिन्न भन्ने कुरा कार्यकर्ताले मलाई कत्तिको रुचाउँछन् भन्ने हो । कार्यकर्ताले रुचाए दिन्छु, नरुचाए दिन्न । तर मसँग नेपाली कांग्रेसमा सबैलाई मिलाएर जाने क्षमता चाहिं छ ।
कांग्रेस पार्टीको नेतृत्व लिनका लागि सबैलाई मिलाउन सक्नुहुन्छ ?
मिलाउन सकिन्छ, किन सकिँदैन ? त्यो त ‘गिभ एन्ड टेक’ हो नि । कतिपय कृुरा छोड्नु पनि पर्छ पार्टीको हितका लागि । अहिले सभापतिजीले पछि छोड्न खोजिरहनु भएको छैन । रामचन्द्रजीले पनि छोड्न खोजिरहनुभएको छैन । भएभरको सबै आफैले राख्ने भएर बिग्रिएको हो नि । नेतृत्व केही हठहरु छोड्ने बित्तिकै समाधान भइहाल्छ नि ।
पदको लागि जे पनि गर्छन् नेताहरुले भन्ने आरोप छ नि ?
अहिलेसम्म पार्टी बिग्रिएकै त्यही भएर हो नि । यहाँ ६० र ४० को भागबन्डाले के भएको छ भने जो ६० र ४० छत्रछायाँमा पुग्दैन । उनीहरु भित्ता लागिराखेका छन्, राम्रा मान्छे पनि ।
तपाईंको पुस्ता पनि कमजोर भयो होइन ?
पार्टी नै कमजोर भएपछि हामी त्यसै कमजोर भइहालियो नि ।
तपाईंहरुले सभापतिलाई सहयोग गर्नुभएन नि ?
उहाँले के सहयोग माग्नुभयो र, मैले गरिनँ भन्नुस् त ?
तपाईं जति बेला पनि असफल शेरबहादुर देउवा भनिरहनु हुन्छ रे ?
उहाँले अहिलेसम्म विभाग बनाउन सक्नुभएन । महाधिवेशनको काम अगाडि बढेको छैन । प्रदेशको अधिवेशन गराउन सक्नुभएको छैन । नेविसंघ अब ५० वर्षको व्यक्तिलाई ल्याउन खोज्दै हुनुहुन्छ । यसमा असयोग होइन, पार्टी बिग्रिएमा चिन्ता लगेर हो । नेविसंघ उहाँले ल्याउन लागेको मान्छेलाई राम्रो पुरा मान्छे हुनुहुन्छ उहाँलाई केन्द्रीय समतिमा ल्याएको भए हुन्थ्यो । ३२ वर्ष मुनिका कुरा आइरहेका छन्, त्यही एजको उहाँकै मान्छे ल्याए हुन्छ नि । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघलगायत कुनै चलायमान छैनन्, अनि कसरी पार्टी अगाडि बढ्छ ।
अब विभाग गठनमा तपाईंको असहमति रहन्छ हो ?
यसमा सहमति असहमति भन्दा पनि सभापतिजी आपैmले सोच्ने कुरा हो । अब विभाग गठन गरेर पार्टीलाई फाइदा हुन्छ कि हुँदैन ? फेरि २८ बाट ४५ विभाग बनाउने अहिले के जरुरी छ ? ‘म सक्षम र बलियो छु, भनेर सोच्नुहोस् न २८ जना विभागले पनि पुग्छ नि ।
उपनिर्वाचनमा तपाईंलाई फाइदा कि बेफाइदा ?
अहिलेको निर्वाचनमा नेपाली कांग्रेसको पपुलर भोट ७ प्रतिशत जति बढेको छ । दोस्रो कुरा भक्तपुर र धरान त्यसमा धेरान त कहिल्यै पनि जितेको थिएन । त्यहाँ जित्यो, भक्तपुर कम्युनिस्टहरुकै गढ भन्थे एक पटक संसदमा जितेको थियो । दाङमा हामी किन हारियो भनेर अहिले पनि बुझ्न पाएको छैन । कास्कीमा हाम्रो संगठन कमजोर पाइयो । त्यहाँ हाम्रा शीर्ष नेतादेखि सबै लागेका थियौं । भोट मात्रै बढेको भए पनि राम्रो हुने थियो । तर, चितवनमा ‘प्रचण्डजी तपाईंलाई वार्लिङ छ है, स्थानीय निकायको चुनाव आउँदैछ, हामीले तीनवटै वडा जितेका छौं । रेणुजी नेपाली कांग्रेसको मतले जितेको कुरा अब बिर्सनुभएन ।’
सीमा विवाद कसरी समाधान गर्ने ?
यसलाई राजनीतिक, कुटनीति र उच्चस्तरीय सहमतिबाटै अगाडि जानुपर्छ ।
प्रमाणसहित भारतसँग वार्ताको टेबुलमा बस्नुपर्यो हो ?
हो, पहिलाका प्रमाणसहित वार्तामा बस्नुपर्छ । राजनीतिक हिसाबले उहाँहरुले माधव नेपाललाई खटाउनुभएको छ । त्योभन्दा पहिला सचिवस्तरी गर्ने हो कि ।
सचिव स्तरीय नै हुने भनिएको छ नि ?
होइन, माधव नेपाल जान लागिसक्नुभएको थियो । भारतका प्रधानमन्त्री समय नदिएको भन्ने आएको छ । त्योलेभलसम्म अहिले नै जानु हुँदैन । पहिला सचिव स्तरीय गरेर जानुराम्रो हुन्छ । नेपाल–भारत दुवै देशले नदीको बहाव र सीमाको विज्ञहरुको टोली बनाउनुपर्छ । त्यसपछि सचिव स्तरीय टोली भएर छलफल गर्नुपर्छ । त्यसपछि राजनीतिक स्तरीय टोली माधवजी वा अरु दुई÷तीन जना त्यसरी गर्नुपर्छ ।
दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनुपर्दैन ?
उहाँहरुबीच संवाद हुनुपर्छ । त्यसमा कुनै शंकै भएन । तर राजनीतिक रुपमा वार्ता भइरखेको हो नि । गिरिजाप्रसाद कोइरालाले वार्ता गर्नुभयो । सुशील कोइराला, शेरबहादुर देउवालगायत सबै प्रधानमन्त्रीले वार्ता गर्नुभएको हो नि ।
भारतले दावी छोडेको छैन नि ?
दावी त यहाँ मात्रै होइन अरु ठाउँमा पनि छोड्दैनन् । अहिले भारतको अरुणान्चल प्रदेश चाइनाले मेरो हो भन्दै छ । भारतका प्रधानमन्त्री अरुणान्चल प्रदेश जाँदा चीनले जान पाउँदैन भन्छ । यसलाई भैmझगडा भन्दा पनि सिरियस मोहवर्क गरेर अगाडि बढ्नुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot