Logo

युवा मृत फेला



पर्वत, २९ मङ्सिर । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् । अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् । प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

विष्ट मालिका नमूना माविमा कार्यरत थिए । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot