Logo

गुठी संस्थानका प्रमुख प्रशासक अख्तियारको फन्दामा



काठमाडौं, १ पुस । गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् । उनीहरुलाई घुसकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

संस्थानामा चलिरहेको जग्गासम्बन्धी मुद्दामा उनीहरुले गुठीको जग्गा गुठीमै कायम गर्न भनेर सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि अनुसन्धान थालिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घुस लिएपछि पनि उनीहरुले घुस रकम फिर्ता लिएको बुझिएको छ । घुस लिएका प्रमाणहरु भएपछि आयोगले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot