Logo

प्रधानमन्त्री ओलीको ट्वीटरबाट सोनिया गान्धीको भिडियो कसरी भयो रिट्वीट



काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी विज्ञ नियुक्त गरेका छन् । इन्टरनेट सेवाप्रदायक कम्पनि ईसेवासँग सम्बन्धित अस्गर अली आइटी विज्ञ हुन् ।

प्रधानमन्त्रीको सूचना प्रविधिसम्बन्धित सल्लाह र गतिविधिमा अलीकै निर्देशनमा काम हुन्छ । तर, अली विज्ञ रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटरमा एउटा भिडियो रिट्वीट भयो । भारतको प्रतिपक्षी दल काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको भारतीय जनता पार्टी सरकारले पारित गराएको नागरिकता सम्बन्धित विधयेकको चर्को आलोचना गरिएको भिडियो ट्वीटरमा राख्दा त्यसको रिट्वीट भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीको ट्वीटर एकाउन्टबाट अन्यथा रिट्वीटर भएको देखिन आएको प्रतिक्रिया दिए । पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको थापाले जनाएका छन् । तर, त्यसबारे अनुसन्धानले कस्ले पासवर्ड दुरुपयोग गरेको हो अहिलेसम्म पत्ता लागेको छैन । एक दिन बितिसक्दा पनि यसबारे स्पष्ट नहुनुले धेरैमा आशंका उब्जिएको छ ।

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट त्रुटी वा अन्य कुनै कारणले यसो भएको हो भने पनि उनी नै मुख्य जिम्मेवार हुन्छन् । त्यसपछि उनका आइटी हेर्ने व्यक्तिहरु जिम्मेवार हुन्छन् । पासवर्ड दुरुपयोग भएको भए कस्ले गर्यो ? यसको जवाफ धेरैले खोजेका छन् ।
प्रधानमन्त्री ओलीबाट सोनिया गान्धीको भिडियो रिट्वीटर भएको विषयलाई भारतीय पक्षले गम्भीरताका साथ लिएको बुझिएको छ । यसले दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत अविश्वास बढ्न सक्ने देखिएको छ । यसबारे छानविन भई दोषी पत्ता नलागेमा झन् आशंका बढ्नसक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot