Logo

छ महिनासम्म सुत्ने महिला



धर्मशास्त्रमा एक पटक सुतेपछि ६ महिना पछि मात्र उठ्ने कुम्भकर्णका बारेमा सुनेका छौं । ब्रिटेनकी एक युवती कुम्भकर्ण जस्तै गरी सुत्छिन् । छ महिनासम्म सुत्नेको कारण ब्रिटेनमा यीनलाई स्लीपिंग सुन्दरीका नामले पनि चिनिन्छ ।

१६ वर्षीया युवती बेथ गुडियर एकपटक गहिरो निन्द्रामा सुतिन् भने ६ महिलासम्म पनि उठ्दिनन् । २४ घण्टामा उनी २२ घण्टासम्म सुत्छिन् । बेथलाई एकपटक ब्रेन ट्युमर भएकोले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तर, सबै चेकजाँचबाट आएको रिर्पोटहरुबाट कुनै रोग पत्ता लाग्न सकेको थिएन ।

ब्रिटेनमा आज उनलाई स्लीपिंग सुन्दरी नामले चिनेका छन् । उनी आजसम्म ७५ प्रतिशत समय सुतेर बिताइरहेकी छिन् । लामो समय सुतेर उठेपछि आफ्नो स्वास्थको लागि खाना खाने गर्छिन् ।

बेथले कोही साथी पनि भेट्न चाहान्नन् । आफ्नो आउने जिन्दगीको बारेमा बेथले निकै चिन्ता लिने उनकी आमाले जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot