Logo

पत्नीलाई पतिसँग एलर्जी भएपछि…



पति र पत्नीको सबैभन्दा गहिरो नाता हुन्छ । दुईको माया र विश्वासको साथ जिन्दगीमा हरेक मोडमा एकअर्काको विरुद्ध खडा हुन सक्छन् । यहाँ एक यस्तो जोडीको बारेमा बताउन गइरहेका छौ, जसको एक अर्कामा कुराकानी पनि हुन सक्दैन ।

अमेरिकामा बस्ने जोहन्ना एक अचम्मको रोगबाट पिडित थिइन् । एक्टीवेशन सिंड्रोम नामको रोगबाट जोहन्ना ग्रसित थिइन् । उक्त रोगको कारण इन्फेक्शन हुने खतरा धेरै भएकोले कसैसंग पनि कुरा गर्न उनलाई निषेध गरिएको थियो ।

यस रोगबाट पिडित जति धेरै मानिसको सम्र्पकमा भयो उति नै छिटो झन रोग बढ्ने गर्दछ । त्यसकारण जोहन्ना आफ्नो पति बाट टाढा भएकी हुन् । एलर्जी हुनबाट बच्नको लागि यी दुई बीच मोवाइलमा फोन र म्यासेज बाट कुरा हुने गरेको छ ।

हाल यीनीहरु एकै घरमा बस्दै आएका छन् । रोगबाट बच्नको लागी दुवैले मास्क लगाएर बसेका हुन्छन् । यीनलाई धेरैपटक किमोथेरापी दिइसकेको बताइएको छ । यीनीहरु जेहन्नाको रोग निको हुने र सामान्य जीवन बिताउनेमा आशावादी रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot