Logo

केपी ओलीको सम्बोधन : नेताहरु मस्त निद्रामा (भिडियोसहित)



माघ १५, काठमाण्डौ । दुई पार्टी एक भएको करिब २० महिनापछि पहिलो पटक एजेन्डासहित बुधबारबाट नेकपाको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ । बैठक नै नराखेर पार्टीलाई गति हिन बनाएको आरोप नेतृत्वलाई लगाउँदै आएका केन्द्रिय सदस्यहरु बैठकमा भने जिम्मवार देखिएनन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रगति विवरण सुनाइरहदा धेरैजसो केन्द्रिय सदस्य निद्रामा देखिन्थे । कतिपयले भने ध्यान दिएर सुन्दै सुनेनन् ।

पार्टी एकता भएको २० महिनापछि पहिलो पटक एजेन्डासहित बसेको बैठकमा केन्द्रिय सदस्यहरु निकै उत्साहित भएर सहभागी हुन्छन् भन्ने धेरैको लागेको थियो । तर, त्यसको ठिक विपरित दृष्य देखियो बुधबार राष्ट्रिय सभागृहमा ।

बैठक उद्घाटन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टी र सरकार कसरी सरकार बलियो बनाउने, दुबैको काममा कसरी एकरुपता ल्याउने भन्ने विषयमा बोलिराखेका थिए । तर, एक तिहाई भन्दा धेरै केन्द्रिय सदस्य भन्ने उनका कुरा सुनिराखेका थिएनन् । कतिपय सदस्य त निद्रामा नै भेटिए ।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=LnyDUUGchLY&feature=youtu.be

पार्टीका प्रवक्ता तथा नेकपा सचिवालय सदस्य नाराणकाजी श्रेष्ठसमेत निदाइरहेका थिए । प्रधानमन्त्रीको कुरा सुन्नै आवाश्यक छैन जसरी उनले प्रधानमन्त्री बोलेको करिब आधा समय अर्ध निद्रामा नै बिताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भाषण लामो र पट्यार भएर हो, वा प्रधानमन्त्रीले सरकार सफल छ भनेर दाबी गर्दै पेश गरेका डाटा पत्यार नलागेर हो । कारण जे होस् । उनी अध्यक्षकै दिर्घामा बसेर मस्तसँग निदाइ राखेका थिए ।
उनी मात्रै होइन । पार्टीका बरिष्ठ नेता माधव नेपाल पनि बेला बेलामा निद्रामा देखिए ।

पूर्व मन्त्री तथा केन्द्रिय सदस्य रघूवीर महासेठ । उनी पनि केन्द्रिय समितिको बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीका कुरा सुनेर निदाइ राखेका थिए ।
अर्का केन्द्रिय सदस्य जीवनराम श्रेष्ठ । उनी पनि मस्त निदाइराखेका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षको भाषण सुनेर ।

अर्का केन्द्रिय सदस्य विरोध खतिवडा । जो निकै चर्को भाषण र बहसमा रुचि राख्छन् । तर, प्रधानमन्त्री ओली बोलि रहदा उनीले मतलब नै नगरेको जस्तो देखियो ।

यसरी केन्द्रिय समितिको बैठक चलिरहदा एक तिहाइ सदस्य उघेर बसिराखेका थिए । प्रधानमन्त्री सरकार सफल भयो भनेर दाबी गर्दै डाटा पेश गरिराखेका थिए । सरकारको गतिलोको प्रचार गर्न गरिदिन केन्द्रिय सदस्यसँग अपिल गरिराखेका थिए । तर, २० महिनापछि केन्दिय समितिको बैठकमा सहभागी हुन पुगेको केन्द्रिय सदस्यहरु भने निदाएरै समय काटीराखेका थिए ।

नेतृत्वको आलोचना :
बुधबारबाट सुरु भएको नेकपाको केन्द्रिय समिति बैठकमा पेचिलो छलफल हुने देखिएको छ । पार्टी एकता भएको करिब २० महिनापछि एजेन्डासहित बसेको बैठकमा केन्द्रिय सदस्यहरुले सरकारको काम कारबाही र पार्टी नेतृत्वको शैलीका विषयमा गम्भीर सवाल उठाउने तयारी गरेका छन् ।

नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेलाई यतिखेर उत्सव चलेजस्तो लागि राखेको छ । बल्लतल्ल बसेको केन्द्रिय कमिटिको बैठकमा शीर्ष नेता र नेतृत्वसँग सिधा सवाज जवाफ गर्ने अवसर जुटेको भन्दै उनी फुरुङ छन् । उनी यो बैठक बस्नु आफैमा ठूलो उपलब्धी भएको र यो बैठकले सरकार पार्टीको कामलाई उपलब्धी मुलक बनाउने गरि दिशा निर्देश गर्नेमा उनी आशावादी छन् । केन्द्रिय सदस्य के गरिराखेका छन् ? के खाएका छन् भन्ने सम्म थाहा नपाएको नेतृत्वले बैठक डाक्नुलाई ठूलो उपलब्धी ठान्नु पर्ने उनी बताउँछन् ।

नेकपाका केन्द्रिय सदस्य हिमाल शर्मालाई लामो सयम केन्द्रीय कमिटिको बैठक नै नडाकेर नेतृत्वले ठिक नगरेको जस्तो लागेको छ । उनी यस्ता बैठक जति लामो समयमा बस्छ पार्टी त्यति नै खोक्रो हुँदै जाने बताउँछन् । उनको प्रश्न छ– केन्द्रिय सदस्य र नेतृत्वबीच भेटघाट समेत नहुने अवस्था भएपछि कसरी पार्टी बलियो हुन्छ ? यो विषयमा बैठकमा जोडदार रुपमा आवाज उठ्छ ।

केन्द्रीय सदस्य शिवकुमार मण्डल लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी र सरकारबीच देखिएको भद्रगोलताका विषमया प्रश्न उठाउने तयारीमा छन् । उनी सरकार र पार्टीबीच तालमेल मिलाउने र जनताको मन जित्ने गरि काम गर्न बैठकले दिशा निर्देश गर्नेमा आशावादी छन् ।

पूर्वमन्त्री तथा केन्द्रिय सदस्य महेश बस्नेत पनि बैठकको अलमलले राम्रो सन्देश नगएको बताउँछन् । बैठकमा पार्टी एकताको काम र सरकारको काम प्रभावकारी बनाउने विषमया गम्भीर छलफल हुन आवाश्यक भएको जोड दिन्छन् ।

पूर्वमन्त्री तथा केन्द्रिय सदस्य टोपबहादुर रायमाझी पार्टी र कार्यकर्ताबीच कमजोर हुँदै गएको सम्बन्ध बलियो बनाउन केन्द्रिय समितिको बैठक महत्वपूर्ण भएको बताउँछन् । बैठकमा कार्यकर्ताले महशुस गर्ने गरि पार्टीको र जनताले महशुस गर्ने गरि सरकारको काम प्रभावकारी बनाउनका लागि जोडदार आवाज उठाउने बताउँछन् ।

राज्य व्यवस्थासमितिको सभापति समेत रहेकी केन्द्रिय सदस्य शशी श्रेष्ठ केन्द्रिय समितिको बैठकले पार्टी जीवनमा हराभरा ल्याउने विश्वास राख्छिन् । उनी यो बैठकमा एमसीसी, सीमाविवाद खर्चिलो निर्वाचन प्रणली लगायतका महत्वपूर्ण विषमया सवाल उठाउने तयारी गरिराखेकी छिन् ।

नेता राम कार्की पार्टी करिब विघटनको अवस्थामा रहेको बेला यस्ता बैठक महत्वपूर्ण हुने बताउँछन् । यस्ता बैठकले अत्यन्त ठूलो महत्व बोक्ने भएकाले नेता र नेतृत्वले निरन्तरा दिइरहनु पर्नेमा जोड दिन्छन् ।

लामो समयसम्म केन्द्रिय कमिटीको बैठक नबोलाएको भन्दै रुष्ट बनेका केन्द्रिय सदस्यले सरकारका विवादास्पद निर्णय र पार्टी सञ्चालनको शैलीका विषयमा गम्भीर सवाल उठाउने तयारी गरेका छन् । उनीहरु सरकारको राम्रो कामको प्रचार भएन भन्ने तर केन्द्रिय सदस्यलाई बेरोजगार बनाउने नेतृत्वको शैलीप्रति असन्तुष्ट देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot