Logo

जब प्रचण्डले भने- इमान्दार चुनाव लड्न नसक्ने भए, करोड तिर्नुपर्ने…



काठमाडौं, २२ माघ । ‘कसैले खर्च तिरीदिने भए यो पद उसैलाई बेतिदिन्थे ।’ मन्त्री भइसकेको, त्यसपछि यसरी पद बेचेरै खानुपर्ने स्थितिका त हैनन् तर विद्यमान निर्वाचन प्रणली कति महंगो र त्यसका कारण सृजित समस्या कति जटिल छन् भन्ने दृष्टान्त पेश भएको छ । हालै सम्पन्न नेकपाको केन्द्रिय कमिटी बैठकमा । पुर्व सञ्चार मन्त्री तथा झापाबाट चुनाव जितेका राम कार्की (पार्थ क्षेत्री ) ले टोली नेताका रुपमा आफ्नो प्रस्तुति राख्दै भने, ‘यो चुनाव यति महंगो भयो की हुनेमात्रै भए पो पदै बेचिदिन्थे । कसैले खर्च तिर्ने भए पदै उसैलाई दिन्थे ।’

राम कार्कीको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘इमान्दार चुनाव लड्न नसक्ने भए । करोड तिर्नुपर्ने । जितेपछि त्यो ऋण तिर्न दलाल पूँजीपतिको कुरा मान्नुपर्ने ।’ प्रचण्डको भनाई थियो,‘पार्टी भित्रको हालत पनि त्यस्तै छ, संसदिय चुनावको झल्को आउने । चुनाव लड्न महंगो , मनोनयन गर्दा पनि मनपरि । त्यसैलेृ सचिवालयका साथीहरुले यही ताल हो भने अर्को चुनाव लड्न सक्दैनौ भनिसक्नु भएको छ । यो परिपाटीलाई परिर्वतन गर्नुपर्छ । ’ उनले नै अबका बैठकमा अध्यक्षहरुको फोटो हटाउने, माक्र्स, एंगेल्सको फोटो राख्ने वचन समेत दिएका छन् ।

एउटा समुहमा एमसिसीको कुरा आउँदा खिमलाल भट्टराईले ‘पास गर्नुपर्छ ’ भने । खिमलाल अर्थात गोर्खाली खिमलाल देवकोटाको जवाफ रह्यो, ‘एमसिसीको आडमा अमेरिकी सेना आउँछ भन्ने एउटा प्रवृति ,एमसिसी आयो भने चमत्कार हुन्छ भन्ने दुवै अतिवादी धारणा गलत हुन् । संसदबाट यसको अनुमोदन हुने शर्त राख्नु जरुरी थिएन । ’ उहाँको जिकीर थियो, ‘दुरगामी दिर्घकालिन महत्वको भए मात्र अनुमोदन गर्नुपर्ने संवेधानिक व्यवस्था छ ।’ यसरी एमसिसी संसदबाट नै अनुमोदन गर्ने प्रस्ताव चाँही अमेरिकाको अविश्वासका कारण घुसाइएको रहेछ ।

अमेरिकाले ‘तिमीहरुको सरकार फेरिइरहन्छ, हामीसंगको सम्झौता टिकिरहन्छ भन्ने के ग्यारेण्टी छ ? ’ भनेपछि नेपालको पक्षबाट ‘लौ त नि , हामी संसदबाट पास गछर्’ ौ भनिएको बताइन्छ । (जनआस्था साप्ताहिकबाट)-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot