Logo

पूर्वराजा शाहद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना



काठमाडौं, २० फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले पूनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

आज (मंगलबार) पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन्। प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार पूर्वराजा शाहको सन्देश बोकेर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री पूनः मिर्गौला प्रत्यारोपणको लागि हिजो साँझ नै अस्पताल भर्ना भैसकेका छन् । उनलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलापनि हिजै अस्पताल भर्ना भैसकेकी छिन् । प्रधानमन्त्री ओलकिो पूनः प्रत्यारोपण भोलि विहान ९ बजे हुनेछ । प्रत्यारोपणमा खटिने चिकित्सकको टोली पनि टुँगो लागेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot