Logo

इटालीमा कोरोनाको त्रास, एकै दिनमा २५ प्रतिशतले संक्रमण बढ्यो



कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको छ । इटलीमा आइतबार मात्रै कोरोना भाइरसबाट एक सय ३३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएको छ । इटलीमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६६ पुगेको जनाइएको छ ।

इटालीमा कोरोना संक्रमितको संख्या एकै दिनमा २५ प्रतिशत बढेर ५८ सय ८३ बाट ७३ सय ७३ पुगेको जनाइएको छ ।इटाली सरकारले कोरोना नियन्त्रण गर्नका लागि विशेष कदमहरु चालिरहेका छन् । लाखौं नागरिक सरकारको उक्त कदमका पालना समेत गरिरहेका छन् । इटालीका १४ प्रान्तहरुमा जान अनुमति लिनु पर्ने नयाँ व्यवस्था सरकारद्वारा गरिएको छ ।

तथ्यांकअनुसार चीनपछि इटलीमा कोरोना संक्रमणका सबैभन्दा बढी बिरामी भएका छन् । दक्षिण कोरियामा अहिलेसम्म ७३ सय १३ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरीका विद्यालय, जिम, संग्रहाल, नाइट क्लब र मानिसको भीडभाड हुने अन्य स्थान बन्द गर्ने घोषणा गरेका छन् । यो प्रतिबन्ध आगामी अप्रिल ३ सम्म लागु हुने जनाइएको छ ।

विश्भर करिब १० लाख सात हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाका कारण तीन हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको तथ्यांक रहेको छ । कोरोनाको भ्याक्सिन निर्माण का लागि विश्व का वैज्ञानिकहरु तिब्र गतिमा लागिपरेका छन् । कोरोनाको भ्याक्सिन छिट्टै निर्माण हुने चीन सरकारले आश्वाशन दिएका छन् । Photo Source : Voice of America



प्रतिक्रिया दिनुहोस्

Screenshot