Logo

विश्वभरका सय देशहरुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि



एजेन्सी २७ फागुन । विश्वभरका सय देशहरुमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको रुसी सञ्चार माध्यम तासले जनाएको छ । हालै कोरोना भाइरसको संक्रमण ब्रुनाईमा देखिएको जनाइएको छ । बु्रनाईका ५३ वर्षीय स्वास्थ्य मन्त्रीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ । उनी मलेसिया भ्रमणबाट स्वदेश फर्कने क्रममा संक्रमण देखा परेको जनाइएको छ ।

गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा स्वास्थ्य आपतकालिन घोषणा समेत गरिसकेका छन् । हालै कोरोनाको संक्रमणको उच्च जोखिममा दक्षीण कोरिया, इरान र इटली रहेको जनाइएको छ ।

हालै सार्वजनिक भएको रिपोर्ट अनुसार चीनमा कोरोनाको संक्रमणबाट ८० हजार ७ सय जना मानिसहरु प्रभावित भएका छन् । उक्त भाइरसबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय पुगेको तथ्यांक छ । उक्त भाइरसको संक्रमणबाट ५८ हजार ६ सय बिरामीहरु उपचारपछि सकुसल घर फर्केका छन् । चीनबाहेक अन्य देशहरुमा उक्त भाइरसको संक्रमणबाट एक लाख मानिसहरु प्रभावित भएको जनाइएको छ भने भाइरसबाट मूत्यु हुनेको संख्या तीन हजार ८ सय पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot