Logo

कोरोना भाइरस संक्रमितको संख्या छ दिनमै दोब्बर बढ्यो



एजेन्सी, १२ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या चार लाख पुगेको छ । यो संख्या छ दिनमै दोब्बर बढेको हो ।

रुसी समाचार संस्था तासले विश्वभरका कोरोना प्रभावित देशको तथ्यांकलाई जोडेर यो निष्कर्ष निकालेको जनाएको छ । महामारी बनेको कोरोना भाइरस द्रुत गतिमा फैलिनसक्ने भन्दै विश्रुव स्वास्थ्य संगठनका महानिर्देशकले २३ मार्चमा चेतावनी दिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म झण्डै साँढे तीन लाख मानिस संक्रमित भएका छन् । जसमध्ये साँढे १४ हजारको मृत्यु भएको छ । यो कोरोना भाइरस संक्रमितमध्ये ४.३७ प्रतिशत हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक केही कम भएपनि विश्वभर सार्वजनिक भएको तथ्यांकभन्दा बढी नै संक्रमित भएको हुनसक्ने उल्लेख छ ।

यसैगरी, अमेरिका कोरोना भाइरसको केन्द्रबिन्दु बन्ने खतरा बढेको छ । सबैभन्दा बढी न्युयोर्कमा संक्रमित भेटिएका छन् । त्यहाँ २५ हजारभन्दा बढी संक्रमित भइसकेको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot